जानकी शर्माको आरोपप्रति प्रेस क्लब आक्रोशित, “प्रमाण देखाऊ, नत्र माफी माग”

सैनामैना । गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकारमाथि गम्भीर आरोप लगाएपछि सैनामैना–४ निवासी जानकी शर्माको अभिव्यक्तिप्रति गौतम बुद्ध प्रेस क्लब, सैनामैनाले कडा आपत्ति जनाएको छ।

क्लबद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारिता मर्यादित र जिम्मेवार पेशा भएको उल्लेख गर्दै कुनै पनि पत्रकारले आर्थिक लाभका लागि अनुचित माग गरेको प्रमाणित भए कानुनी कारबाही हुनुपर्ने स्पष्ट गरिएको छ। तर, प्रमाणबिना सार्वजनिक रूपमा यस्तो गम्भीर आरोप लगाउनु पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथि प्रहार भएको क्लबको ठहर छ।

प्रेस क्लबले जानकी शर्मालाई आफ्नो आरोप प्रमाणसहित सम्बन्धित निकायसमक्ष पेश गर्न वा सार्वजनिक रूपमा स्पष्टिकरण दिन आग्रह गरेको छ। “प्रमाणबिना आरोप लगाउने कार्यले समाजमा भ्रम सिर्जना गर्छ,” विज्ञप्तिमा उल्लेख छ।

क्लबले यस्ता अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रको गरिमा कमजोर बनाउने भन्दै जिम्मेवार अभिव्यक्ति दिन सबैलाई सचेत गराएको छ। साथै, यदि कुनै पत्रकार दोषी प्रमाणित भए कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिइएको छ।

क्लवका महासचिव अनिल पहाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस क्लब सधैं निष्पक्ष, जिम्मेवार र मर्यादित पत्रकारिताको पक्षमा उभिने प्रतिबद्धता दोहोर्‍याइएको छ।

May be an image of text

 

 

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation