
सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदका आकांक्षी नेत्र थापाले निर्वाचित भए संस्थाबाट प्राप्त हुने भत्तालाई व्यक्तिगत सुविधा नभई सामाजिक उत्तरदायित्वका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
थापाले आफूले पाउने भत्तामा आफ्नै तर्फबाट बराबर रकम थप गरी स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन्। उक्त कोषमार्फत विद्यार्थीहरूको पढाइमा सहयोग पुर्याउने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा दिने लक्ष्य लिइएको उनले बताएका छन्।
“शिक्षा नै समाज परिवर्तनको सबल आधार हो,” भन्दै थापाले आफ्नो यो पहल सानो भए पनि कसैको सपना साकार पार्न र भविष्य उज्यालो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनको यो प्रतिबद्धताले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध नेतृत्वको सन्देश दिएको छ भने स्थानीय तहमा सकारात्मक प्रतिक्रिया समेत पाउन थालेको छ।











