मुर्गिया खानेपानीमा निर्वाचन सरगर्मीः आज मनोनयन दर्ता, साँझ अन्तिम नामावली सार्वजनिक

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ७औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सम्पन्न हुँदैछ।

निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ। त्यसपछि दिउँसो १ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ भने १ः३० बजेदेखि २ः३० बजेसम्म उक्त सूचीमाथि दावी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

दावी–विरोध उपर जाँचबुझ गरी २ः३० बजेदेखि ३ः३० बजेसम्म निर्णय गरिनेछ। साथै ३ः३० बजेदेखि ४ः३० बजेसम्म उम्मेदवारहरूले नामावली फिर्ता लिन सक्ने समय निर्धारण गरिएको छ।

निर्वाचन प्रक्रियाको अन्तिम चरणअन्तर्गत साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

संस्थाको नयाँ नेतृत्व चयनका लागि भइरहेको यो अधिवेशनले स्थानीय स्तरमा विशेष चासो र उत्साह पैदा गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation