
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लापरवाहीका कारण स्थानीय बासिन्दा आधारभूत अधिकारबाटै वञ्चित हुन पुगेका छन्। विशेषगरी सैनामैना–३ दर्खासी टोलका केही घरधुरीमा विगत केही दिनदेखि खानेपानी दैनीक अवरुद्ध हुँदा स्थानीयवासी चरम सास्ती भोग्न बाध्य भएका छन्।
स्थानीयका अनुसार कुनै स्पष्ट कारणबिना नै पानी काटिएको छ। बारम्बार फोनमार्फत गुनासो गर्दा समेत सम्बन्धित निकायले सुनुवाइ नगरेको उपभोक्ताको आरोप छ। “खानेपानी जस्तो अत्यावश्यक सेवामा यस्तो गैरजिम्मेवारी किन ? ” भन्ने प्रश्न अहिले पीडित उपभोक्ताहरूले उठाइरहेका छन्। एउटै टोलका उपभोक्तामा विभेद भेटीएको छ । कोहिले २४ सै घण्टा पानी खाइरहेका छन कोहिले २४ सै घण्टा पानीवाट वन्चीत भइरहेका छन् ।
यस विषयमा कार्यालय प्रमुख दिनेश आचार्यसँग बुझ्दा ‘मोटर सानो भएकाले समस्या आएको’ भन्ने सामान्य जवाफ दिइएका छन। तर स्थानीयको भनाइ भने फरक छ। उनीहरूका अनुसार यही मोटरले यसअघि दर्खासी टोलसहित अन्य क्षेत्रमा पर्याप्त पानी आपूर्ति गरिरहेको थियो। यसले समस्या प्राविधिकभन्दा बढी व्यवस्थापनको कमजोरी भएको संकेत गर्छ।
झनै गम्भीर कुरा त के छ भने, समस्या समाधानको कुनै ठोस पहल नगरी “हामी व्यस्त छौं, अझै २–३ दिन लाग्छ” भन्ने गैरजिम्मेवार प्रतिक्रिया दिएका छन् । यस्तो अवस्थामा उपभोक्ताको पीडा र अधिकारप्रति पूर्ण बेवास्ता गरिएको स्पष्ट देखिन्छ।
उता संस्थामा नयाँ कार्यसमिति गठन भएर लाल बहादुर रावल नेतृत्वमा आएको भनिए पनि हालसम्म नया समितिले कार्यभार नै सम्महालेको छैन। जिम्मेवार नेतृत्व नहुँदा समस्या झन् जटिल बन्दै गएको स्थानीयको गुनासो छ।
खानेपानी जस्तो आधारभूत सेवामा यस्तो लापरवाही र उदासीनताले अहिले उक्त क्षेत्रका उपभोक्ता खानेपानीवाटै वन्चीत बनेका छन्। यस विषया सम्बन्धित निकायले तत्काल समस्या समाधान गरी उपभोक्तालाई खाने पानी सहज वितरणमा ध्यान दियोस् ।












