
विमल गैरे, सैनामैना ।
नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोग तथा सैनामैना नगरपालिका वडा नं. ६ को आयोजनामा रुपन्देहीको सैनामैना–६ बैकुण्ठपुर टोलमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम २०८३ जेठ ०३ गते आइतबार बिहान ८ बजेदेखि बैकुण्ठपुरस्थित बैष्णोदेवी मन्दिर परिसरमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
बढ्दो रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा कम्तीमा १०० युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरिएको छ।
आयोजकका अनुसार रक्तदान जीवनदान भएकाले मानवीय सेवाको भावनासहित कार्यक्रममा सहभागी भई रगतदान गर्न सबैलाई अनुरोध गरिएको छ। जिल्लाका विभिन्न अस्पतालमा हुने रगत अभाव न्यूनीकरणमा कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।












