उपकार अनलाइन, सैनामैना ।
मणिमुकुन्द भलिबल क्लब बि ले बुटवल १३ बँदेलपोखरीमा आयोजित प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । मंगलवार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लब बि ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । बुटवल उपमहानगरपालिका वडा नं १३ मिरमिरे युवा क्लबद्धारा आयोजित क्लबकै भलिवल खेलमैदानमा सम्पन्न फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लब बि ले गोलपार्क स्पोट्र्स क्लब लाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमै राम्रो सुरुवात गरेको गोलपार्क स्पोट्र्स क्लब ले मणिमुकुन्द बि विरुद्ध २५–२३ को जित निकाल्यो । तर, दोस्रो सेटबाट मणिमुकुन्द ले आफ्नो लय समात्दै खेललाई नियन्त्रणमा लियो । दोस्रो सेटमा २५–१८ को जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो र चौथो सेटमा मणिमुकुन्दले थप आक्रामक प्रदर्शन गर्दै क्रमशः २५–१२ र २५–१९ को जित निकाल्दै प्रतियोगिताको उपाधि सुनिश्चित गर्यो उपाधी संङ्गै क्लबले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । दोस्रो स्थान हासिल गर्ने गोलपार्क स्पोट्र्स क्लब ले ६० हजार १०० रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी, तृतिय स्थान हुन सफल न्यू होराइजन भलिबल क्लब ले ३० हजार १०० नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा मणिमुकुन्द भलिबल क्लब ए ले सान्तवना हुदै १५ हजार १०० रुपयौ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको सर्वश्रेष्ठ स्पाइकरको अवार्ड गोलपार्कका दिपेन्द्र कार्की ले जिते भने उत्कृष्ट डिफेन्डरको उपाधि मणिमुकुन्द का सौरभ फुन्जौली ले पाए त्यस्तै बेष्ट सेटर मणिमुकुन्दका लोकेन्द्र भण्डारीले प्राप्त गर्दा बेष्ट ब्लकर न्यू होराइजनका प्रदिप कुमार चौधरीले प्राप्त गरे , बेष्ट सर्भर को उपाधी गोलपार्कका गजनी चौधरीले प्राप्त गर्दा खेल अवधी भरीको सर्वोकृष्ट खेलाडीको उपाधी मणिमुकुन्द भलिबल क्लबका रेशम बि.क ले प्राप्त गरे ।
समापन समारोहका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलको विकासका लागि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार बुटवललाई खेलकुदको गन्तव्य बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सके यहाँको पर्यटन, व्यापार, र स्थानीय अर्थतन्त्रलाई व्यापक रूपमा लाभ पु¥याउन सकिने जानकारी गराउनुभयो । नगर प्रमुख पाण्डेले खेलकुद पूर्वाधारलाई विस्तार गर्दै बुटवल, भलिवल, व्याटमिन्टन, कृकेटका खेलमैदान, तालिम केन्द्र र खेलकुदसँग सम्बन्धित अन्य संरचनाहरू निर्माणमा जोड दिने योजना अघि सारेको बताउनुभयो । साथै, यसले स्थानीय युवालाई खेलकुदमा संलग्न गराई प्रतिभा विकास गर्ने र रोजगारका अवसर पनि सिर्जना गर्ने बताउनुभएको छ ।
कल्वका अध्यक्ष शेरजंङ्ग गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यममा कल्वका उपाध्यक्ष टेकमान गुरुङ्गले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चानल क्लवका सचिव नवल गुरुङ्गले गर्नुभएको थियो ।