विराट पहारी, बुटवल ।
तेस्रो न्यू होराइजन अन्तर मावि जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगिता सकिएको छ । प्रतियोगिताको उपाधि एभरेष्ट माविले हात पारेको छ । विहिवार सम्पन्न फाइनल खेलमा न्यू होराइजन बोडिङ स्कुल लाई ३–१ को सेटमा पछि पार्दै एभरेस्ट माविले उपाधिले सुरक्षित गरेको हो । उपाधि संगै एभरेष्ट माविले नगद ४० हजार रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता वनेको न्यू होराइजनले नगद २५ हजार हिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेयो ।
यस्तै कुवरवर्ती मावि तृतिय र कालिका मानवज्ञान मावि सान्तवना हुन सफल भएका छन् । मंगलवार देखि न्यु होराइजन उच्च माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिता न्यू होराइजन बोडिङ स्कुल बुटवल अन्तर्गतको न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा सञ्चालन भएको हो ।
सामुदायिक र संस्थागत विद्यालय गरी १२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा बिधागत पुरस्कार तर्फ बेष्ट स्पाइकर रिचा थापा मगर कुवरवर्ती मा.वि , न्यू होराइजन बाट बेस्ट ब्लकर ममता परीयार ,बेस्ट सर्भर एन्लिका झेडी मगर , बेस्ट सेटर प्रतिभा चौधरी साथै अनुशासित खेलाडी को उपाधी एलिना चौधरी ले प्राप्त गर्दा बेस्ट डिफेन्डर बिशा खत्री कालिका मानवज्ञान मा.वि त्यस्तै बेस्ट प्लेयर मा मिना सुनार एभरेस्ट बोडिङ्ग स्कुल बाट र बेस्ट कोच उपाधी पनि एभरेस्ट बोडिङ स्कुल कै अर्जुन घिमिरेले प्राप्त गरे ।
यसै बिच विहिवार नै सम्पन्न भएको बास्केटबल फाइनल खेलमा छात्र तर्फ ब्रिटिस ग्रामर स्कूल प्रथम, दोस्रो एभरेस्ट बोडिङ स्कुल त्यस्तै छात्रा तर्फ एभरेस्ट बोडिङ स्कुल प्रथम , दोस्रो सिद्धार्थ इङलिस बोडिङ स्कुल भएको छ ।