बिराट पहारी, रुपन्देही ।
स्वास्थ्य को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद“ “नेपालको राष्ट्रिय खेल भलिबल“ भन्ने मुल नारा सहित तिनाउ गाउँपालिका युवा समन्वय समितिद्वारा आयोजित तिनाउ गाउँपालिका विशेष समन्वय र सहयोगमा ३ दिन सम्म संचालित सातौं अध्यक्ष कप महिला तथा पुरुष भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महिला तर्फ तिनाउ गाउँपालिका वडा नम्बर ४ र पुरुष तर्फ तिनाउ गाउँपालिका वडा नम्बर ५ ले हात पारेको छ ।
पुरुष फाइनल खेलमा वडा नं ५ ले वडा नम्बर २ लाई ३–० को सोझो सेटमा हराउदै फाइनल उपाधि चुमेको हो । पुरुष तर्फ को बिजेता टिम वडा नं ५ दोस्रो सेमिफाइनलमा वडा नं ४ लाई २–० को सेटमा हराउदै फाइनल प्रवेश गरेको थियो त्यस्तै पहिलो सेमिफाइनल खेलमा वडा नं २ ले वडा नं १ विरुद्ध जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानको खेल दुई सेमिफाइनल उपबिजेता को भिडन्तमा भने वडा नं ४ ले २–० सोझो सेट मा वडा नं १ लाई हराउदै तेस्रो स्थान सुरक्षित गर्दा वडा नं १ भने चौथो स्थान मा चित्त बुझाउन पर्यो ।
त्यस्तै महिला तर्फ फाइनल खेलमा वडा नं ४ ले वडा नं ५ लाई २–० को सोझो सेटमा हराउदै फाइनल उपाधि जित्यो । महिला तर्फको बिजेता टिम वडा नं ४ दोस्रो सेमिफाइनलमा वडा नं १ लाई २–० को सेटमा हराउदै फाइनल प्रवेश गरेको थियो त्यस्तै पहिलो सेमिफाइनल खेलमा वडा नं ५ ले वडा नं २ विरुद्ध २–० को सोझो सेटकै जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानको खेल दुई सेमिफाइनल उपबिजेताको भिडन्तमा भने वडा नं १ ले २–० को सोझो सेटमा वडा नं २ लाई हराउदै तेस्रो स्थान सुरक्षित गर्दा वडा नं २ भने चौथो स्थान मा चित्त बुझाउन पर्यो ।
बिजेता भएसंङ्गै पुरुष तर्फको टिमले क्रमशः प्रथम ले ७० हजार ,दोस्रो हुने टिमले ४० हजार ,तेस्रो हुने टिमले २५ हजार र सान्तावना स्थान प्राप्त गर्ने टिमले १० हजार साथमा ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरे त्यस्तै महिला तर्फ प्रथम हुनेले ३० हजार ,दोस्रो हुनेले २० हजार ,तेस्रो हुनेले १० हजार त्यस्तै चौथो हुनेले ५ हजारसाथमा ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै बिधागत तर्फका पुरस्कारमा पुरुष तर्फ वेस्ट प्लेयर रेशम बि.क वडा नं ५ , वेस्ट स्पाइकर सुनिल थापा वडा नं २ , वेस्ट सर्भर दिपेश वि.क वडा २ , वेस्ट लिब्रो कमल रास्कोटी वडा नं १ , वेस्ट सेटर सुशील वि.क वडा नं ५ , वेस्ट ब्लकर विबेक वि.क वडा नं ५ ले प्राप्त गरे त्यस्तै महिला तर्फको बिधागत पुरस्कार वेस्ट प्लेयर सविता राना वडा नं ४ , वेस्ट सेटर सदिक्षा श्रेष्ठ वडा नं ५ , वेस्ट सर्भर अस्मिता सारु वडा नं १ त्यस्तै वेस्ट स्पाइकर मेलिना श्रेष्ठ वडा नं ५ ले प्राप्त गरीन ।
समापन समारोहका प्रमुख अतिथी तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै खेलकुदको माध्यमबाट तिनाउलाई पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । आगामी दिनमा भलिवल मात्र नभएर अन्य खेल विधालाइ पनि समेटेर लैजाने र गाउँपालिकाले वजेट विनियोजन गर्दे राष्ट्रिय खेलाडी उत्पादनमा लाग्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले गाउँपालिकाका कुनै पनि खेल विधाका राष्ट्रिय खेलाडी बन्न सके गाउँपालिकाले मासिक भत्ताको व्यवस्थ गर्ने निती कार्यक्रममा भएको उल्लेख गनुभयो । एक वडा एक खेलमैदानको अवधारणालाई पुरा गर्ने योजना समेत रहेको उहाको भनाइ छ ।