विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैनामा आयोजना हुन लागेको “सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता“ को तयारी तीव्र रूपमा अघि बढिरहेको छ । प्रतियोगिताका लागि खेलमैदान (फिल्ड) र प्याराफिट निर्माणको काम प्राथमिकताका साथ अघि बढाइएको छ ।
फिल्डको काम:
भलिबल खेलको लागि अवाश्यक पर्ने खेलमैदान सम्माउने काम भइरहेको छ मापदण्डअनुसार कोर्टको सम्याइ भइरहेको छ । यस्तै खेल मैदानलाई दर्शकहरूको दृष्टिबाट आकर्षक बनाउन थप व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
प्याराफिट निर्माण:
प्रतियोगितालाई व्यवस्थित बनाउन दर्शकहरूको लागि प्याराफिट निर्माण गर्ने तयारी भएको छ । प्याराफिटमा धेरै दर्शक अट्ने क्षमता राख्दै उचित सुरक्षा र सुविधा प्रदान गरिने आयोजकले जनाएको छ । प्याराफिट निर्माणलाई निर्धारित समयभित्रै सम्पन्न गर्न तीव्र गतिमा काम गर्ने तयारी हुदै छ ।
तयारीको उद्देश्य:
यो प्रतियोगिता राष्ट्रिय भलिबल खेलको प्रवद्र्धन मात्र नभई स्थानीय तथा राष्ट्रिय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । आयोजनाले प्रतियोगिता भव्य र सफल बनाउन सबै प्रकारका तयारीलाई समयमै पूरा गर्ने लक्ष्य राखेको कल्वका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगिता माघ २५ गतेदेखि सुरु हुने भएकोले बाँकी तयारी कार्यलाई तीव्र गतिमा अघि बढाइएको छ । प्रतियोगिताको व्यवस्थापन, खेलमैदान तयारी, र खेलाडीहरूका लागि उचित सुविधाहरू उपलब्ध गराउन आयोजक समिति सक्रिय रहेको क्लवबका सचिव पदम पाण्डेले जानकारी गराउनुभयो । प्रतियोगितामा देशभरका ८ टोलीको सहभागिता रहने खेल संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो ।