विमल गैरे, सैनामैना ।
बौदिकाली गाउँपालिका, नवलपुरले पाल्पाको रामपुरमा आयोजित दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा बौदिकालीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । रामपुर नगरपालिका भम्वक स्थित भलिवल खेलमैदानमा सम्पन्न फाइनल खेलमा बौदिकालीले चापाकोट नगरापलिकालाई ३–१ को सेटमा पराजित ग¥यो ।
पहिलो सेटमै राम्रो सुरुवात गरेको बौद्धिकाली गाँउपालिकाले चापाकोट नगरपालिका विरुद्ध २५–२२ को जित निकाल्यो । तर, दोस्रो सेटबाट चापाकोटले आफ्नो लय समात्दै खेललाई नियन्त्रणमा लियो । दोस्रो सेटमा २५–२१ को जित निकाल्दै खेल बराबरीमा ल्यायो ।
तेस्रो र चौथो सेटमा बौदिकालीले थप आक्रामक प्रदर्शन गर्दै क्रमशः २५–२१ र २५–२२ को जित निकाल्दै प्रतियोगिताको उपाधि सुनिश्चित ग¥यो ।
बौदिकालीका कप्तान हिमाल सुनारीले निर्णायक भूमिका खेल्दै उत्कृष्ट प्रदर्शन गरे । उनको नेतृत्व र संयोजनका कारण बौदिकालीले खेलमा पकड जमाएको थियो । उनी सर्वोउतकृष्ट खेलाडी समेत घोषित भए ।
दोस्रो किङ्ग्स कपको विजेता बौदिकाली गाउँपालिकाले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । दोस्रो स्थान हासिल गर्ने चापाकोट नगरपालिकाले ६६ हजार ६६६ रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी, तृतिय स्थान हुन सफल रामपुर नगरपालिकाले ४४ हजार ४४४ नगर ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा पूर्वखोला गाँउपालिकाले २२ हजार २२२ रुपयौ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य रयो । प्रतियोगिताको सर्वश्रेष्ठ स्पाइकरको अवार्ड चापाकोट नगरपालिकाका सञ्जु विक्रम शाहले जिते भने उत्कृष्ट डिफेन्डरको उपाधि पनि चापाकोटकै राजन दर्लामीले पाए ।
किङ्ग्स क्लब को आयोजना र भम्वक युनाइटेड युथ क्ल्वको सह आयोजनामा आयोजित प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए । आयोजक समितिका अध्यक्ष योगेन्द्र हमालले प्रतियोगिता खेलकुदमार्फत युवाहरूलाई एकीकृत गर्ने उद्देश्यले आयोजना गरिएको बताएका छन् ।
फाइनल खेल हेर्न आएका दर्शकहरू खेलमा भरपूर रमाएका थिए । खेलाडीहरूको जोश र प्रतिस्पर्धात्मक माहोलले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो । दर्शकको उल्लेखीय उपिस्थतले आयोजकलाइ थप उत्साह थपेको छ । आयोजक किङ्ग्स क्लबले यो प्रतियोगितालाई अझ भव्य बनाउँदै राष्ट्रिय स्तरमा पु¥याउने योजना रहेको जानकारी दिएको छ ।