निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्यालले उम्मेद्वारी दिने

भदौ १७ गते हुन गईरहेको कपिलवस्तु निर्माण व्यवसायी संघको ७ औ अधिवेशनमा सरोज अर्यालले अध्यक्षपदमा आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन ।
अधिवेशनको मिती नजिकिदै जादा अर्यालले अध्यक्ष पदमा आफ्नो प्यानल सहित उम्मेदवारी दिने जानकारी दिएका छन । दुइ तिन दिनमा आफ्नो प्यानलको नाम सहित औपचारिक रुपमा घोषणा गर्ने अर्यालले जानकारी गराएका छन । अर्याल अहिले निर्माण ब्यवसायी संघ कपिलवस्तुका महासचिव समेत हुन्।

अगामी निर्वाचनमा निर्वाचित भएमा संघ र निर्माण व्यवसायीहरुको हक हितको लागि सधै तत्पर रहने उहाको भनाई रहेको छ । निर्माण व्यवसायीका हक हितमा कार्य गर्ने र कुनैपनि निर्माण व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउने अर्यालले जानकारी दिएका छन । हाल सम्म अध्यक्षमा पुर्व अध्यक्ष चन्द्र शेखर श्रेष्ठले घोषण गरेका छन भने निर्माण व्यवसायी बलराम तिवारीको पनि उम्मेदवारी रहने उहाँहरुले बताएका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation