प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।

भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनायो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation