उपाध्यक्ष मशहुद खाँले मदरसा शिक्षा व्यवस्थापनको कार्यभार सम्हाल्ने

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको जिम्मा उपाध्यक्ष मशहुद खां लाई दिइने भएको छ । कपिलवस्तुका मौलाना मशहुद खां लाई मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको केहि दिन पछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खां ले मशहुदलाई नियुक्ति पत्र थमाउदै कार्यभार सम्हाल्न आग्रह गरेका हुन्।
कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने मौलाना मशहुद खाँ मदरसा व्यवस्थापन, मदरसाको समस्या, मदरसाको संरक्षण, मदरसाको शिक्षकको पेशागत शंरक्षण लगायतका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउदै आएका व्यकितत्वका रूपमा परिचित रहि जामिया सिराजुल उलुम अल्सल्फिया, जमियत अलहेराका प्रवक्ता रहेका मौलाना मशहुद खाँ यो भन्दा पहिला पनि मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव उहामा रहेको छ ।

दोस्रो पटक उपाध्यक्ष भए पछि मौलानाको घरमा भेटेर, फोन मार्फत तथा सामाजिक सञ्जाल मार्फत बधाई निरन्तर आइ रहेको बताउँदै आफूले मदरसाको हकहित तथा उर्दू भाषाको संरक्षणमा सधैँ लागि रहने बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation