कपिलबस्तु निर्माण व्यवसायी संघमा अर्यालको प्यानल सहित उम्मेद्वारी घोषणा

कपिलवस्तु । कपिलबस्तु निर्माण व्यवसायी संघको भदौ १७ गते हुन गईरहेका ७ औ अधिबेशनमा सरोज अर्यालले अध्यक्ष प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन ।
बुधवार होटल तिलौराकोटमा कपिलवस्तु निर्माण व्यवसायी संघको निर्वाचन सन्र्दभमा उम्मेद्वारी घोषणा कार्यक्रममा अध्यक्ष सहित प्यानलकै उम्मेदवारी दिने घोषणा गरेका हुन । प्रथम उपाध्यक्ष तपेश्वरी कहाँर द्धितिय उपाध्यक्ष चेतनारायण भण्डारी ,महा सचिव शिव दायल ठाकुर ,सचिव रमेश मिश्र ,कोषाध्यक्ष लालमोहर तेली, सह कोषाध्यक्ष नलिन गौतम भुषाल ,सदस्य महिला मंगला ढुगाना पराजुली तथा सदस्यहरुमा पंचम सिंह ,टुकलाल पुन ,मिलन वि क ,अव्दुल गफ्फार र राजकुमार मिश्रा रहेका छन ।

अर्याल अहिले संघको महासचिव समेत रहेका छन । अर्याल अब्बल निर्माण व्यवसायिको परिचय बनाएका व्यवसायी हुन । उनले विगत १२ वर्ष देखि संघको सदस्य हुँदै महासचिवको जिम्मेदारी सम्हाल्दै आएका छन् । उनी संघमा निर्वाचित भएमा निर्माण कम्पनी र संघको बृहत्तर हित हुने निर्माण व्यवसायीहरुले आँकलन गरेका छन् । अर्यालले अध्यक्षमा निर्वाचित भएमा निर्माण व्यवसायिका हितमा काम गर्ने र कुनै पनि निर्माण व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउने बताए ।

सचिव रमेश मिश्र को संचालन रहेको कार्यक्रममा बर्तमान अध्यक्ष गुन्जन गुप्ता , पत्रकार महासंघका अध्यक्ष किरणमान ब्रजचार्य लगाएतको उपस्थित रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation