शितगंगा १३ ले भव्य तीज गीत प्रतियोगीता गर्दै

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं. १३ ले हिन्दुनारीहरुको महान पर्व तीजको उपलक्ष्यमा तीज गीत प्रतियोगिता गर्ने भएको छ । लोप हुदै गएको कला सस्कृतीको जगेर्ना गर्ने हेतुले वडाले यो प्रतियोगीता गर्न लागेको हो ।

यहि भाद्र १२ गते आइतवार वडाको आफनै प्राङगणमा हुन गइरहेको तीज गीत प्रतियोगीतामा वडा भित्रका बिभिन्न क्लव, महिला समुह, आमा समुह, विभिन्न संघ सस्था तथा विद्यालयलाई आफनो समुह दर्ता गराउन वडा कार्यालयले आग्रह गरेको छ । महिला दिदीवहिनीहरुले मनाउने पर्व भएकोले सहभागी समुहले महिला सम्वन्धी चेतना दिने खालको भाका प्रस्तुत गर्नुपर्ने वडाले जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ७००० र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद रु ५००० र प्रमाणपत्र, तृतिय हुनेलाई नगद रु ३००० र सान्त्वना हुनेलाई नगद रु २००० र प्रमाणपत्र, प्रदान गरीने वडाले जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।

सहभागी हुन इच्छुक समुहले यहि भाद्र ९ गते देखि भाद्र १२ गते विहान १० बजे भित्र आफनो समुह दर्ता गरिसक्नुपर्ने छ । दर्ताको लागी कुनै शुल्क नलाग्ने पनि वडा अध्यक्ष दुर्गा बि.सी.ले जानकारी दिनुभएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation