बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । शनिवार एक कार्यक्रमको बिच प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, संघीय सरकारी बिकास तथा पूर्वाधार मन्त्री मेटमणी चौधरी, पूर्व अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी लगायतको उपस्थिती रहेको छ ।

सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक पटकमा एक हजार जना मानिस अट्ने सभा हल छ । त्यसबाहेक मिटिङ रुमहरू रहेका छन् ।

यस्तै चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको छ । यहाँ सम्मेलन केन्द्रमा हेलीप्याडसमेत बनाइएको छ । संघ प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भए पनि अझै टुङ्गो लागेको छैन । केही दिन अगाडि सहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने तयारी गरे पनि प्रधानमन्त्री नै उद्घाटनमा आफै आउने रुचि देखाएपछि ​शनिबारको लागि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री, सहरी विकास मन्त्री,पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation