दूईवटा मोटरसाईकल ठोकिदा शंकरनगरका दिदि भाईको ज्यानगयो

बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिका वडा नं ६ गोर्कट्टामा दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा २ जनाको ज्यान गएको छ।

दुर्घटनाबाट ज्यान गुमाउनेमा तिलोत्तमा नगरपालिका ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय सुग्रीम खराल रहेका छन्। घटनामा थप दुई जना घाईते भएका छन्।

मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको बुलेट मोटरसाईकल र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको पल्सर मोटरसाईकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन्।

त्यसैगरी दुर्घटनामा परि सुद्धोधन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाईते रहेको प्रहरीले जनाएको छ। उनीहरुको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।

लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल आईतवार साँझ ६ बजेतिर एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation