सृष्टि युवा क्लवद्धारा आयोजित भलिवलमा मुर्गिया भलिवल क्लव बिजयी

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं. ३ मा रहेको सृष्टि युवा क्लवको आयोजनामा खुल्ला भलिबल प्रतियोगित आज सम्पन्न भएको छ । हिन्दु नारिहरुको पर्व तीजको अवसर पारेर र युवाहरुलाइ खेल प्रति जागरुप गराउन क्लवले खुल्ला भलिवल प्रतियोगिता आयोजना गरको क्लवका अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।

सैनामैना वडा नं. ३ को दरखासी भलिवल खेलमैदानमा आज खेल सम्पन्न भएको हो । सैनामैना नगरपालिका सहित अन्य पालिकाका गरी जम्मा १६ टिमले प्रतियोगितामा सहभागी जनाएका थिए । ३ दिन सम्म सञ्चालन भएको खेलको आज अन्तिम दिन आयोजक क्लवलाई २–० को सोझो सेटमा हराउदै सुर्यमुखी युवा क्लव फाइनल प्रवेश गरेको थियो भने गडहवा युवा क्लवलाई २–१ ले हराउदै मुर्गिया भलिवल क्लव फाइनलमा पुगेको थियो ।

सोमवार दिउसाें सम्पन्न फाईनल खेल सुर्यमुखी युवा क्लव र मुर्गिया युवा क्लव बिच भएको थियो उक्त फाइनल खेलमा सुर्यमुखी युवा क्लवलाई सोझो सेटमा हराउदै मुर्गिया युवा क्लवले जित निकालेको खेल संयोजक भक्त बहादुर थापाले जानकारी दिए । जित संगै विजेता र उपविजेताले आकर्षक पुरस्कार प्राप्त गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation