![](https://upakaronline.com/wp-content/uploads/2022/08/Landslide-Narayangadh-Muglin-Road-Bharatapur-29-Kerbari-1024x519-1-670x420.jpg)
चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।