जनताको रगत चुस्न ५ दलीय गठबन्धन बनेको हो: ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए ।

‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नसकेको र फुट्न पनि नसकेको बताए ।

‘जुटेका पनि छैनन् फुट्ने ल्याकत पनि छैन । जेजस्तो भएपनि यी यहीँ बस्नेवाला छन्, त्यही भएर देशभरका जनता अरू पार्टी छोडेर एमालेमा ओइरो लागेका छन् ।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation