नेपाल समाजवादी पार्टी कपिलवस्तुको अध्यक्षमा पुरी

कपिलवस्तु । नेपाल समाजवादी पार्टीको जिल्ला भेलाले राम निवास पुरीको अध्यक्षमा ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित बृहत भेलाले राम निवास पुरीको अध्यक्षतामा नेपाल समाजवादी पार्टीको जिल्ला कार्यसमिति गठन गरिएको नेसपाको केन्द्रिय सदस्य रहिस शाहले जानकारी दिनुभयो । यस्तै जिल्ला उपाध्यक्ष पदमा बदरे आलम शाह, सह–सचिव पदमा दुर्गा रिजाल, सदस्य पदमा प्रमिला चौधरी रहनु भएको छ । अन्य पदाधिकारी केहि दिनमा बस्ने बैठकले चयन गर्ने शाहले बताउनु भयो ।

उक्त भेलामा नेपाल समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष विष्णु हरी शर्मा, नेपाल समाजबादी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज कलम प्रसाद खनाल, नेसपाको राजनीतिक समिति सदस्य यज्ञ पोख्रेल, छन्द पन्थि, केन्द्रिय सदस्य रामदेव भुसालको रोहबरमा भेला सम्पन्न भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation