‘सक्किगोनि’का ‘सिते बा’ काठमाडौंबाट चुनाव लड्ने

‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन् ।

आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि छन् ।

स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन् ।

उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation