रुपन्देही ५ मा माओवादी केन्द्रका मुसलमानको नाम सिफारिस

रुपन्देही । नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो । उनी पूर्व बन मन्त्री समेत भैसकेका उच्च छविका राजनितिज्ञ हुन ।

उनले सोही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । प्रत्यक्षतर्फ यस क्षेत्रबाट मुसलमानको मात्र नाम सिफारिस गरिएको क्षेत्र नम्बर–५ का क्षेत्रीय इन्चार्ज अमर रोकाले जानकारी दिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation