अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा खनाल

कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको अध्यक्षमा अन्जित खनाल चयन हुनुभएको छ । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी खनालले पाउनुभएको हो । अनेरास्ववियु जिल्ला कमिटिको पुर्ण बैठकले खनाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । निवर्तमान अध्यक्ष दयाराम पौडेलले खनाललाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो

जिम्मेवारी हस्तान्त्रण गर्दै निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यकालभरी सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, लगायत सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै अध्यक्षमा चयन हुने खनाललाई बधाई ज्ञापन गर्नुभयो ।

बैठकका प्रमुख अतिथि रुपमा नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव शि।बि।गहतराज, विशिष्ठ अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज तथा विद्यार्थी इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ खनाल, अनेरास्ववियु जिल्ला कमिटी पुर्वअध्यक्ष एवम् अनेरास्ववियु केन्द्रीय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज बाबुराम अर्याल, अनेरास्ववियु जिल्ला सह–इन्चार्ज गोबिन्द प्रसाद आचार्य (बिकास) ले अध्यक्ष खनाललाई बधाई ज्ञापन गर्दै र निवर्तमान अध्यक्ष पौडेललाई विदाई गर्नुभएको थियो । जिल्ला कमिटी सचिव सन्दिप आचार्यको सञ्चालनमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation