एमाले कपिलवस्तुले गर्यो क्षेत्र नं १ मा उम्मेदवारको नाम सिफारिस

कपिलवस्तु । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ , प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आज वाणगंगामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा १ का लागि केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , जिल्ला उपाध्यक्ष विश्राम थारु , पुर्व मन्त्री दान वहादुर चौधरी र सुर्य कुमारी शाहिको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रदेश क्षेत्र १ को क मा केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने , लेखा आयोग उपाध्यक्ष विष्णु पन्थि ,पाटी जिल्ला अध्यक्ष डम्मर शर्मा , प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र १ को ख का लागि भने गृह कार्य नपुगेको भन्दै आगामी २० गते वैठक बसी सिफारिस गर्ने निर्णय गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation