कपिलवस्तुको बिजयनगरमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाइकबाट खसेर १ जनाको मृत्यु भएको छ ।
कृष्णनगर देखि चन्द्रौटा जाने क्रममा विजयनगर -५ जोगिनियामा बाइकको पछाडि बस्ने वर्ष ३५ का सेवकराम चौधरीको खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

सेवक राम चौधरी कृष्णनगर भन्सार कार्यालय सहयोगी थिए । भारतीय मोटरसाइकलमा सवार २ जना मध्ये चालक कपिलवस्तु बाणगंगा ११ तेतियाका रहेका छन् भने मृतक को घर काठमाडौंमा रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव शिवराज अस्पताल बहादुरगन्ज पठाइएको प्रहरी निरीक्षक विजय तिमिल्सिनाले बताउनु भएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation