कपिलवस्तु क्षेत्र नं. ३ कांग्रेसबाट प्रतिनिधि सभामा शाह , प्रदेश सभामा अकिल मियाँ र जमशेरको नाम सिफारिस

कृष्णनगर । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।

मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन । उनी पटक–पटक निर्वाचित भइसकेका छन ।

त्यसैगरी कांग्रेसले कपिलवस्तु क्षेत्र नं। ३ ‘क’मा प्रदेशतर्फ अकिल मियाँ र जमशेर अलि मियाँ लाई सिफारिस गरेको छ ।

‘क’मा टिकटमा प्रस्ताव भएका नेताहरूमध्ये अकिल मियाँ सबैभन्दा बढी लोकप्रिय युवा नेता मानिन्छन । उनले टिकट पाउने सम्भावना निकै रहेको चर्चा छ ।

प्रदेशतर्फ ‘ख’मा नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् । कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका छन् । ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्छन ।

कपिलवस्तु– ३ मा कांग्रेसका लागि सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छ । युवा नेता शाहकै कारण यो क्षेत्र बलियो छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation