कृष्ण खनालको गजल ‘चट्याङ पर्दापनि आकाश उज्यालो हुन्छ’

गजल

चट्याङ पर्दापनि आकाश उज्यालो हुन्छ
चोटभित्र हेर मीठो यादको सङ्गालो हुन्छ

गहिरो पीडा लुकेको हुन्छ मुस्कानभित्र
सत्य नदेख्नेहरुको, आँखामा जालो हुन्छ

बाहिर सेतो देखिएपनि थाहा भएकै हो
गलत नियत भएकाको मन कालो हुन्छ

सुरक्षा गर्छन् आफै मजबुत हुनेहरू
आगोको कोही, कहीं रखालो हुन्छ

कृष्ण खनाल (सफल)
कपिलवस्तु,नेपाल

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation