नेकपा एमाले पाल्पाले सिफारिस गर्‍यो उम्मेदवार

पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले पाल्पा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नारायण प्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्र बहादुर जिसी र महिलामा बिष्णु जिसीलाई सिफारिस गरेको छ।

सिफारिसमा परेका खनाल र आचार्य हाल लुम्बिनी प्रदेशका सांसद रहेका छन्। प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा पोलिटिब्यूरो सदस्य तथा युवा नेता ठाकुर गैरेको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

यसैगरी प्रदेश सभा सदस्य पाल्पा क्षेत्र नम्बर १ क मा राजु श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने, कृष्ण बहादु सारु महिलामा सञ्जु परियार र इश्वरी खनाल सिफारिस भएका छन्।

पाल्पा क्षेत्र नम्बर १ ख प्रदेश सभा सदस्यमा विनोद कुमार श्रेष्ठ, विजय रानाभाट, खेम सारु, अर्जुन रेग्मी, तुल्सीराम भुसाल, विमल काफ्ले, ईश्वरी न्यौपाने, एक प्रसाद भण्डारी महिलामा कल्पना केसी, भगवती राना, उर्मिला अर्याल शर्मालाई सिफारिस गरेको एमाले रम्भाका सचिव विजय रानाभाटले बताए।

पाल्पा क्षेत्र नम्बर २ क मा प्रदेशसभातर्फ फर्सुराम भट्टराई एकल सिफारिसमा परेका छन् भने क्षेत्र नम्बर २ ख मा ओम बहादुर घर्तिमगर, रामजी भट्टराई, रामजी पोखरेल, कृष्ण जिसी र तुल बहादुर अधिकारीको नाम सिफारिस गरेको पाल्पा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष पोखरेलले बताए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation