गाईसँग मोटरसाइकल ठोक्किदा कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् ।

हिजो बेलुका सवा ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation