दाङबाट बुटवलतर्फ आउँदै गरको ट्रक दुर्घटना, एक जनाको मृत्यु

बुटवल । दाङबाट बुटवलतर्फ आउँदे गरको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिणी गाउँपालिका–६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए । घोराहीबाट भैसीको छाला बोकेर भैरहवातर्फ आउँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज (बुधबार) दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो । ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation