गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष केवट एमालेमा प्रवेश

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष बच्चुलाला केवट नेकपा एमालेमा प्रवेश गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी पार्टीको अभियानलाई तीब्रता दिएको एमालेले एक कार्यक्रमकाबीच केवटलाई बुधबार पार्टी प्रवेश गराएको हो ।

गैडहवा गाउँपालिकाका संस्थापक अध्यक्ष तथा जनता समाजवादी पार्टि नेपालका गैडहवा गाउँपालिका अध्यक्ष केवट एमालेमा प्रवेश गरेको युवा नेता सन्दीप गुप्ताले जानकारी दिए । नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, एमालेका प्रमुख सचेतक तथा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराई, एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तथा सांसद भुमिश्वर ढकाल लगायतको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation