माओवादी केन्द्र कपिलवस्तुले गर्‍यो उम्मेद्वार सिफारिस

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक बिष्णु शाहका अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ चक्रपाणि खनाल बलदेव, डोर प्रसाद उपाध्याय र कमल चुदालीलाई उम्मेदवार सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकमा जनि शाह, राम प्रसाद गैरे र जित बहादुर चौधरीलाई सिफारीस गरेको छ ।

प्रदेशसभातर्फ १ को -क- बाट कृष्ण बहादुर कुवंर, विष्णु बेल्वासे र सरोज खनाल सिफारिस भएका छन् । यस्तै प्रदेशसभा समानुपातिकमा सुकई थारु, धनविर बि।क, विमला चौधरीको नाम सिफारीस भएको छ । कपिलवस्तुका अन्य क्षेत्र को भने उम्मेदवार सिफारिस भइ नसकेको जिल्ला संयोजक शाहले बताए । विहिवार भोलिनै टुङ्ग्याउने उनको भनाई छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation