१९ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला अध्यक्ष गौतमद्धारा शुभकामना व्यक्त

कपिलवस्तु । सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती सेवा दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले शुभकामना व्यक्त गरेको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।यसैबिच संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमले १९ औं निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष गौतमले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । अध्यक्ष गौतमले निजमाती सेवा दिवस मनाईरहदा अन्याय र अप्ठ्यारो परेका सम्पुर्ण कर्मचारीहरुका मागको उचित सम्बोधन दिवसको सार्थकता हुने बताउदै उहाँले सरकारले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहहरुको भावना अनुरुप संघीय निजामती ऐन छिटो जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation