आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्तमनगद्धारा प्रमुख प्रशासकीय अधिकृत भुसाललाई स्वागत

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नं. १ उत्तमनगरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले नगरमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनुभएका खिमानन्द भुसाललाई विहिवार एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।

वडा नं. १ तथा स्वास्थ्य सेवा केन्द्रका अध्यक्ष सन्जु कुमार सारुको अध्यक्षता कार्यालय प्रमुख ईश्वरा पन्थीकोे सञ्चालनमा भएको  कार्यक्रममा स्वास्थ्य सेवा केन्द्र ब्यबस्थापन समितिका उपाध्यक्ष टोपकला बि सी, सदस्य अनिरुद्र पौडेल, टोल बिकास अध्यक्ष एबम महिला स्वयंसेविका अन्जना पहराइ, वडा सचिब गोबिन्द आचार्य, बुद्दिसागर बेल्बासे, कर्मचारी मेनुका घिमिरे, भगवती थापा लागयत टोलबासिले अधिकृत भुसाललाई अबिर, पुस्पगुच्छा र खादा ओडाएर स्वागत गरेको वडा अध्यक्ष सारुले जानकारी गराउनुभयो ।

कार्यक्रमको सञ्चालन गर्दै कार्यलय प्रमुख इस्वरा पन्थीले कार्यालयबाट आफुहरुले सेवाग्राहीहरुलाइ प्रदान गरेका विभिन्न सेवाको बिषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै ब्यबस्थापन समिती सदस्य बुद्दिशागर बेल्बासेले सबै तहका कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सदैब नङ्ग र मासुको जस्तो गरेर सेवा प्रवाहलाई निरन्तरता दिए सेवाकेन्द्रबाट सबै वडावासीले लाभ लिने बताएका थिए । सेवाकेन्द्रमा जनशक्तिको कमी भएकाले तत्काल १ जना कर्मचारी थप गरि निकट भबिस्यमै सेवाकेन्द्रलाइ वर्थिङ्ग सेन्टर सहितको सुबिधाजन्य हस्पिटलमा रुपान्तरण गरि स्वास्थ्य सेवा प्रदान गर्न कार्यकारी प्रमुख भुसाललाई आग्रह गर्नुभयो ।

No description available.
कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख भुसालले थोरै जनशक्तिका बाबजुत पनि सेवाकेन्द्रबाट प्रदान गरिएका सेवाको जानकारी पाउँदा आफू प्रभावित भएको र आफू पनि स्वास्थ्य र समाज प्रति नजिकबाट चासो राख्ने ब्याक्ती भएकोले आवस्यक सेवाका कार्यमा पुर्ण सहयोग पु¥याउने कुरामा प्रतिबद्धता ब्यक्त गर्नभयो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष एवं ब्यबस्थापन समिती अध्यक्ष सन्जु कुमार सारुको ब्याक्तिगत आर्थिक सहयोगमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि रु १०,००० बराबरको क्याल्सियम हस्तान्तरण  गर्नुभयो । वडा वासीको हरेक अप्ठ्याराहरुका निम्ति राज्य तथा आफ्नो ब्याक्तिगत तर्फबाट समेत सक्दो सहयोगमा निरन्तरता दिदै वडा वासीले कुनै दुख झेल्न नपर्ने र परेको खण्डामा आफु तथा वडामा खवर गर्न आग्रह गर्नुभयो । साथै कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation