कृष्ण भण्डारीको गजल बुझियो सबैथोक सबैमा हुँदैन

गजल

बुझियो सबैथोक सबैमा हुँदैन,
सुन्दर कमलमा पनि बास्ना हुँदैन !!

भ्रमको दुनियाँबाट उठेर हेर्नुस्,
चम्किने जति सबै हिरा हुँदैन !!

कोदो र तोरी उस्तै देखिन सक्ला,
कदापि उस्तै गुण, क्षमता हुँदैन !!

उस्को हुन सकिन सम्झेर पनि,
ए मन अब नसम्झिदा हुँदैन !!

निभ्नेबेला टुकी झन जोरले बल्यो,
यहाँ कसलाई बाँच्ने आशा हुँदैन !!

कृष्ण भण्डारी
डोटी, नेपाल

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation