एकै दिन रुपन्देहीमा सवा करोड बढीको अवैध सामान बरामद

भैरहवा । नेपाल भारत खुल्ला सीमाको फाईदा उठाउँदै रुपन्देहीमा बिभिन्न सामग्रीहरु चोरी निकासी भई नेपाल भित्रिने गरेका छन् । खुल्ला सीमाको कारण यस्ता अवैध करोबार सुरक्षा निकायको टाउको दुखाई हुने गरेको छ । रुपन्देहीमा पर्ने करिब ५९ किलोमिटर खुल्ला सीमामा यस्ता अवैध कारोबारीहरु सक्रिय रहेका छन् ।

नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गरेर अहिले तस्करहरु सीमामा आफ्नो गतिविधि बढाएका छन् । भारतले नेपाललाइ चिनि निर्यात बन्द गरे पछि अहिले यस क्षेत्रमा चिनिको ठूलो परिमाणमा तस्करी हुने गरेको छ । यस संगै चाडपर्व लक्षित कपडाहरु पनि भारतबाट अवैध बाटो हुँदै आइरहेका छन् ।

भारतबाट रातीको समयमा निकासी गर्ने र बिभिन्न माध्यमबाट हुदै भैरहवा तथा बुटवल आसपासका क्षेत्रमा यस्तो सामग्रीको भण्डारण गर्ने ठूलो गिरोह सक्रिय रहेको छ । चाडपर्व लक्षित गरेर तस्करहरुले गतिविधि बढाए पछि उनिहरुमाथि अंकुश लगाउन रुपन्देही प्रहरीले तयारी गरेको छ । प्रहरीको तयारीको प्रतिफल बिहिबार देखिएको छ । बिहिबार मात्र प्रहरी र शसस्त्र प्रहरीले सवा करोड बढीको अवैध सामग्री बरामद गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको कमाण्डमा खटिएको अनुगमन टोलीले अनुगमन गर्ने क्रममा १ करोड ३८ हजार ५ सय बराबरको समान बरामद गरेको छ । गणका सूचना अधिकारी शसस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रकाश सिग्देलकाअनुसार अन्तर बिलिङ्ग भएको आशंकामा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिक तर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रक चेकजाँच गरिएको थियो । चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ भित्रयाएको भारतिय व्राण्डको चिनी फेला परेको सिग्देलले जानकारी दिए ।

यस्तै बिहिबार नै शसस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रकाश सिग्देलको कमाण्डमा खटिएको टोलीले पनि ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुर हुलाकी मार्गमा चिनि बरामद गरेको छ । विशेष सुराकीको आधारमा ना ३ ख ६३२७ नम्बरको ट्रकलाई प्रहरीले रोक्न खोज्दा चालक भागेका थिए ।

यी दुवै ट्रकबाट शसस्त्र प्रहरीले ६ सय ३८ बोरा चिनी, १ सय बोरा चामल बरामद गरेको छ । बरामद भएको चिनि, चामल र २ वटा ट्रक गरि १ करोड ३८ हजार ५ सयको समान भैरहवा भन्सार कार्यालयमा थप कार्यवाहीको लागि पठाईएको शसस्त्र प्रहरीका सूचना अधिकारी सिग्देलले जानकारी दिए ।

बिहिबारनै प्रहरीले पनि २६ लाख ६५ हजार ७ सय ५० रुपैया बराबरको अवैध समान बरामद गरेको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार फरक फरक समयमा उक्त परिमाणमा अवैध सामाग्री बरामद भएको हो । बुटवल उप–महानगरपालिका वडा नम्बर १७ रानीगञ्जमा अवैध गोदाम रहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधबार त्यहा छापा मारेको थियो । त्यहाबाट प्रहरीले लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रक र बिल बिजक बिनाको १ सय ८६ बोरा चिनि समेत गरि १५ लाख ९७ हजार ५ रुपैया मूल्य बराबरको समान बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसीले बताए ।

यस्तै बिहिबार बुटवलकै दिपनगरमा एउटा घरमा राखिएका कुर्था सुरूवाल १ सय ६० थान, साडी ७२ थान, लुङगी २५ थान, थानको कपडा १० रोल कपडाहरु गरी अन्दाजी रु २ लाख २७ हजार ५ सय रुपैया मुल्य बराबरको कपडाहरु प्रहरीले बरामद गरेको छ । प्रहरीले बिभिन्न ब्यक्तिहरुले मोटरसाईकलमा ओसारप्रसार गरिरहेको ८ लाख ३० हजार ७ सय ५० रुपैया मूल्य बराबरको २९ बोरा चिनि र मोटरसाईकल समेत बरामद गरेको बिहिबारनै प्रहरीले पनि २६ लाख ६५ हजार ७ सय ५० रुपैया बराबरको अवैध समान बरामद गरेको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार फरक फरक समयमा उक्त परिमाणमा अवैध सामाग्री बरामद भएको हो । बुटवल उप–महानगरपालिका वडा नम्बर १७ रानीगञ्जमा अवैध गोदाम रहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधबार त्यहा छापा मारेको थियो । त्यहाबाट प्रहरीले लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रक र बिल बिजक बिनाको १ सय ८६ बोरा चिनि समेत गरि १५ लाख ९७ हजार ५ रुपैया मूल्य बराबरको समान बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले बताए ।

बरामद भएका सामाग्री र ढुवानीमा प्रयोग भएका सवारीहरुलाई थप कार्यावाहीको लागि भैरहवा भन्सार कार्यालय पठाईएको उनले बताए ।
भैरहवा तथा यस आसपासमा तस्करी बढेको र सोझै पहाडी जिल्लाहरुमा पुगने गरेको भैरहवाका ब्यवसायीहरुले पटक पटक स्थानिय प्रशासन संग गुनासो गरेका थिए । उनिहरुले मूख्य नाकाबाट मात्र समान आवातजावत हुने ब्यवस्था मिलाई यस्ता अवैध गतिविधिलाई रोक्न आग्रह गरेका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation