होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले सदस्यहरुको विमा गर्ने 

कपिलवस्तु । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको पहिलो पुर्ण बैठकले विभिन्न महत्वपुर्ण निणर्य गरेको छ । बैठकले होटल तथा पर्यटन व्यवसयी संघमा आवद्ध सदस्याहरुको विमा गर्ने निणर्य गरेको हो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुमा आवद्ध बाणगंगा क्षेत्रका अधिकांश व्यवसायी होटल तथा पर्यटन व्यवसायी संघ तर्फ रहेको अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले आगामि दिनमा नयाँ कार्य शैलिका साथ संघमा आवद्ध सबै सदस्यको विमा गरिने र व्यवसाय प्रबद्र्धन गरेर अगाडि लैजाने बताए । उनले होटल तथा पर्यटन व्यवसायी सम्पुर्णलाई यस संस्थामा आधिकारीक रुपमा छिटै दर्ता गर्न आग्रह समेत गरेका छन् ।

साथै बैठकले संघलाई बाणगंगा नगरपालिकामा सुचिकृत गर्ने, संस्थाको कार्यालय संचालन गर्ने, व्यवसाय बर्गिकरण गरेर सदस्यता विस्तार गर्ने र संघका वरिष्ट उपाध्यक्ष झिमलाल सापकोटाको छोरो दुवै मृगौला फेल भएकाले उपचारमा सहयोग होस भन्नका लागि आर्थिक सहयोग गर्ने जस्ता निणर्य गरेको छ । विहिवार होटल एभर ग्रिनमा बसेको बैठकमा संघका अध्यक्ष रबिन्द्र पौडेको अध्यक्षता, वरिष्ट उपाध्यक्ष झिमलाल सापकोटाको स्वागत तथा महासचिव रोमलाल पौडेलको संचालनका बैठक प्रस्तुत भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation