हर्ट विट एफ.एम.को पाँचौ वार्षिकोत्सव, निश्पक्षता कायम राख्नुपर्नेमा जोड

कपिलवस्तु । रेडियो हर्टविर्टका अध्यक्ष धातानन्द भुुसालले एफएम बाट प्रसारण हुने समाचार सत्य र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालीद्धारा सञ्चालित हर्टविर्ट एफ एम ९१.३ मेगाहर्जको पाँचौ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष भुसालले यस्तो बताउनुभएको हो ।

गत पाँच वर्ष पहिला जिल्लामै पहिलो पटक व्यवसायिक रेडीयोको रुपमा स्थापना भैरहँदा रेडीयो संचालनमा निक्कै धेरै चुनौति सामना गरेको स्मरण गर्दै अहिले पनि त्यो अवस्था झनै जटिल बन्दै गएको बताउनु भएको छ । जिल्लाका मात्र नभएर देशभरका रेडीयो, अनलाइन लगायत विभिन्न मिडियाहरु पार्टीमा खुलेयाम जोडिएको भन्दै त्यो पत्रकारीताको धर्म र मर्म सँग कतै पनि मेल नखाने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै रेडीयोका स्टेसन म्यानेजर हरि घिमिरेले रेडीयो बाट प्रसारण हुने समाचार लाई सत्य, निष्पक्ष र सन्तुलित बनाउन आफु सहित रेडीयोका सम्पुर्ण कर्मचारी गम्भिर भएर लागेको बताउनु भएको छ । पछिल्लो समय मिडिया प्रसस्त खुलेको समयमा पनि रेडीयो हर्टविर्ट लाई सत्य र निष्पक्ष रुपमा संचालन गरीरहेको बताउँदै रेडीयोले पत्रकारीताको मर्म लाई राम्रो सँग बुझेको भन्दै पत्रकारीताको धर्म कहिल्यै नबिर्सने बताउनु भएको छ । आफु स्टेसन म्यानेजर भएर आइरहँदा रेडीयोमा विभिन्न समस्या भएको भए पनि अहिले ति समस्या लाई विस्तारै कमि गर्दै लगेको म्यानेजर घिमिरेले बताउनु भएको छ ।

एफ एम स्टेसनमै सम्पन्न गरीएको कार्यक्रममा रेडीयोका पदाधिरी, सेयर सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन भने महासचिव विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation