लियो क्लब अफ कपिलवस्तुको उत्कृष्ट कार्य, मानव निर्मित जगदिशपुर ताल क्षेत्रमा सरसफाइ

कपिलवस्तु। “पर्यटनको बलियो आधार , सफा गरौं हाम्रो सिमसार” भन्ने मूल नाराका साथ लियो क्लब अफ कपिलवस्तुले जगदीशपुर तालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पहिचान स्वरूप रहेको छापमा अंकित जगदीशपुर ताल सरसफाई कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष सागर बन्जाडेले बताएका छन् ।

May be an image of 3 people, people standing, tree and grass

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा अवस्थित मानव निर्मित ताल जिल्लाकै नमुना तालले प्रचलित छ, भने विश्वका विभिन्न ठाऊ बाट आफ्नो बास स्थान बनाउने विभिन्न खालका चराहरू आऊने ताल जिल्ला स्थरको सिमसारको रूपमा परिचित छ । जगदीशपुर ताल संरक्षण समितिका अध्यक्ष ललित गुरुंगको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुंगले “ लियो क्लबले गरेको कार्यक्रमा हामी खुशी छौ, संस्थाले हामीलाई हाम्रो दायित्व के हो बुझाएको छ , सामाजिक कार्यमा लियो क्लबले गरेको कार्यक्रम सम्मान जनक रहेको जनाएका छन। गुरुंगले राम्रो कामको प्रशंसा गर्दै लियो क्लबले अबका दिनमा पनी जगदीशपुर तालको लागी सहायोंग र सहकार्य गरेर कार्य गर्ने प्रतिवद्दता गरेका छन।

May be an image of 1 person, standing and grass

त्यसैगरी संस्थाका अध्यक्ष बन्जाडेले हाम्रो पहिचान भनेको नै यही जगदीशपुर ताल हो , यसको संरक्षणमा लियोको पनि दायित्व रहेको र जगदीशपुर ताल हाम्रो सम्पत्ति हो,यसलाई हामीले हाम्रो आऊदो पुस्तालाइ राम्रो तवरले हस्तान्तरण गर्ने हाम्रो काम पनी हो भन्दै यो कार्य बाट एउटा नाँय अभियानको शुरुवात भएको बताए । बन्जाडे जुम्ला बाट वन विज्ञानको शैक्षिक भ्रमणमा आऊनु भएका विद्यार्थीले पनी सहयोग गर्नु भएकोमा धन्यवाद दिएका छन। पशुपती गिरीको संयोजकतत्वमा भएको कार्यक्रमा सचिव दिपक आचार्यको संचालन र स(सचिव मनिष घिमिरेको सहायोगमा सम्पन्न भएको हो ।

May be an image of 7 people, people standing and grass

उक्त कार्यक्रममा संस्थाका कपिलवदेव भट्टराई, प्रवीण गौतम, मधु सुधन गन्धर्व, हरी गैरे, विनोद पौडेल, नवीन पौडेल, संदेश चुदली, विनोद बाबु, आशीष भट्टराईको उपस्थीति रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation