राष्ट्रपतिको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने होरु भन्दै आपत्ति जनाएका हुन्।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए।

अध्यक्ष ओलीले आगामी निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचनको रूपमा संज्ञा दिए। उनले नियमित प्रक्रियाको निर्वाचन नभइ देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन भएको बताए।

ओलीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ। नियमित प्रक्रियाको निर्वाचन हुन गइरहेको छैन। यो निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन हो।’

एमाले लोकतान्त्रिक पार्टी रहेको बताउँदै उनले अहिलेको सरकार कसको नीतिमा चल्छ भन्दै प्रश्न गरे। अस्थिरता मच्चाएर आफ्नो दुनो सोझ्याउनेहरुले सरकार चलाइरहेको उनको भनाइ थियो।

ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको बताए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation