बाणगंगा यातायात व्यवसायी समितिको १६औं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु । बाणगंगा यातायात व्यवसायी समितिको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम बाणगंगा १ बैरियमा अवस्थित मायादेवी रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोड बोकेर ढुवानी गर्ने भारतीय ट्रकहरु रोक्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय अध्यक्ष श्रेष्ठले भारतीय ट्रकहरुले नेपालमा ओभर लोड गरेर सामग्रीहरु ढुवानी गर्ने गरेकाले नेपाली यातायात व्यवसायी मारमा परेको बताए । उनले यस्तै अवस्था रहे यातायात ब्यवसायी धरासयी हुने अवस्था सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरे । उनले भारतीय ओभरलोड बोकेका गाडी रोक्नु पर्ने वाध्यात्मक अवास्था आएको समेत बताए ।

यस्तै नेपाल ट्रक यातायात ब्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले निरलज्ज भएर सरकार वसेको इन्डियन गाडी गुडेका गुडै भएको तर नेपाली व्यवसायीले काम नपाउनु न्याय संगत नभएको बताए ।

भारतीय गाडीले मात्र काम गरे यातायात व्यवसायी पलायन हुने अवस्था आउने हुँदा आन्दोलनको विकल्प नभएको बताए । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कोरोनाले जर्जर बनेको यातायात क्षेत्रले लय लिन नसेकेका बताउँदै यातायात व्यवसायीलाई सरकारले सरक्षण सम्बद्र्धन गर्ने खालका नीति ल्याउनु पर्ने बताए ।

अर्यालले यातायात ब्यवसायीमा ठुलो लगानी रहेको रहेकोले यातायात व्यवसायी टाट पल्ने त्यसको असर तल्लो तहका श्रमिकहरुलाई पर्ने हुँदा सरकाले त्यसतर्फ सोच्नु पर्ने बताए ।

कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक पछाईले सरकारले यातायात व्यवसायीलाई सही निकास दिनु पर्ने बताए । नेको इन्सोरेन्स प्रमुख रमेश थापाले शरीरमा रगत को महत्व भए जस्तै देश विकासमा यातायात क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउँदै नेको इन्स्युरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत एम्वुलेन्स सेवा निकट भविष्यमै संचालनमा ल्याउन लागेको बताए ।

कपिलवस्तु उद्योग वाणिज्य संघ अध्यक्ष डोलक राम घिमिरेले यातायात ब्यवसायी सहित अन्य ब्यवसाय टाट पलट्ने अवस्था आउँदा वैकहरु नव सामन्तवाद को रुपमा आएर व्याज बढाएको भन्दै आक्रोश व्यक्त गरे । लुम्बिनी प्रदेश ट्रक ब्यवसायी समितिका संयोजक यम प्रसाद पाण्डे इन्डियन गाडीले समस्या भएकोले ती गाडीहरु वाटोमै छोपेर राख्नु पर्ने अवस्था आएको बताए ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ केन्द्रीय सचिव उमेश चन्द्र मझगैयाले यातायात ब्यसाय मर्कामा परेको तर एक करोड बढी परिवार यसैमा आश्रित रहेकोे बताउँदै यातायात ब्यवसाय जर्जर अवस्थामा पुगेको र दैनिक अटोले कमाउने पैसा सम्म ट्रक व्यवसायीले कमाउन नसक्ने अवस्था रहेकोले सरकारको ध्यान तत्काल जानुपर्नेमा जोड दिए ।

बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रहेको थियो भने कार्यक्रमको संचालन महासचिव लक्ष्मण भुसालको रहेको थियो ।

लुम्बिनी प्रदेश इट्टा व्यवसायी समितिका महासचिव रुक बहादुर भुसाल, नेपाल किसान ट्रेक्टर समितिका अध्यक्ष शंकल पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा, करिब ३०० ट्रक व्यवसायीको सहभागिता रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation