सैनामैना नगरपालिकाको अपिल, बालवालिका सम्पर्कमा नभए तुरुन्त प्रहरीलाई जानकारी गराउनुहोस्

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका शिक्षा युवा खेलकुद शाखाले बालवालिकाहरुलाई विद्यालय समयमा विद्यालय गएको नगएको वा घरमा एक्लै नछोड्न कतै एक्लै हिड डुल गर्न नदिन आग्रह गरेको छ । पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा बालवालिकाहरु अपरणमा परेका घटना फैलिएको भन्ने खवर आएकोले सम्पुर्ण नगरवासी अभिभावकहरुलाई आफ्ना बालबच्चाको निगरानी गर्न अनुरोध गरेको छ ।
आज (सोमवार) एक सूचना प्रकाशित गर्दै सम्पुर्ण नगरवासीमा जानकारी गराएको नगरका शिक्षा युवा खेलकुद शाखा प्रमुख हेमराज अर्याले जानकारी गराउनुभयो । यता इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख जगन्नाथ मरासिनीले सैनामैना लगायतका क्षेत्रमा यस्ता किसिमका घटना नभएको तर सचेत हुन भने पर्ने बताउनुभयो । यदी कसैले अपरिचित व्यतिm केटाकेटी लिएर हिनेको वा विद्यालय तथा घर परिवारको सम्पर्कमा नभए तुरुन्त प्रहरीलाई खवर गर्न आग्रह गर्नुभयो ।

सैनामैना नगरपालिका शिक्षा युवा खेलकुद शाखाले निकालेको सूचनामा यस्तो लेखिएको छ ।

बिगत केहिदिन देखी रुपन्देही जिल्लाको बिभिन्न ठाउहरुबाट बच्चा अपहरणका घटनाहरु बढ्दै गएको भन्ने जानकारी हुन आएकोले सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबच्चाहरुलाई एक्लै घरबाहिर नपठाउने तथा विद्यालय जादा आउदा अपरिचित व्याक्तिले दिएको कुनै खानेकुरा नखाने र उनिहरुको प्रलोभनमा परि कहि कतै नजानको लागि घरपरिवार देखि नै सचेत गराउनुहुन अनुरोध छ । विद्यालयहरुले विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई विद्यालय समयमा कुनै पनि बहानामा घरपरिवारको सदस्य बाहेक अन्य व्याक्तिलाई जिम्मा नलगाउनुहुन तथा विद्यालय नआएको दिनको जानकारी घर परिवारलाई तुरुन्त दिनुहुन अनुरोध गरिन्छ ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation