एनसेलको दशैं योजना, रिचार्जमा ४० रुपैयाँसम्म बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । २८ भदौदेखि सञ्चालनमा आएको यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत एनसेलकाग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनमान्य रहने १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ । ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनका लागि मान्य रहन्छ ।

त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ । बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

 

हेर्नुहोस् दशैं रिचार्ज बोनस तालिकाः

दैनिक रिचार्ज ‍(रु.)              बोनस ब्यालेन्स (रु.)                   बोनस ब्यालेन्सको समयावधि
१००                                              १०                                                १ दिन
१५०                                              २०                                                ३ दिन
२००                                              ४०                                                ७दिन

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation