रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा जाने तयारी गरेका छन्।

राप्रपाले मिश्रलाई उपाध्यक्ष लिएर पार्टीमा आउन भनेको छ। मिश्र र राप्रपाका नेताहरूबीच केही समयदेखि कुराकानी भइरहेका छन्।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरीयतामा रहने गरी सहअध्यक्ष पदमा जान मिश्र इच्छुक थिए। तर राप्रपामा सहअध्यक्ष पद छैन। पद सिर्जना गर्न विधान नै संशोधन गर्नुपर्ने हुन्छ।

मिश्रलाई सहअध्यक्ष बनाउने विषयमा छलफल भएको जानकारी पाएपछि राप्रपामा केही नेता असन्तुष्ट थिए। उपाध्यक्ष बुद्धिमान तामाङसहित नेता मिश्रलाई सहअध्यक्ष बनाउन हुँदैन भन्नेमा थिए।

मिश्र र राप्रपाका नेताहरूबीच छलफल हुँदा मिश्रलाई उपाध्यक्षमा आउन र चुनावपछि पार्टीमा वरीयतालगायत विषयमा कुराकानी गरिने प्रस्ताव राखेका छन्।

मिश्रले भने पद मात्रै ठूलो विषय नभएको बताउँदै आएका छन्।

‘हामीले उपाध्यक्ष दिने हो। वरीयता चुनावपछि मिलाउँदै जाऔंला भनेका छौं,’ लिङ्देननिकट एक नेताले भने, ‘उपाध्यक्ष बुद्धिमान तामाङ र विक्रम पाण्डे वरीयतामा को अगाडि भन्ने निर्क्यौल भइसकेको छैन।’

ती नेताका अनुसार राप्रपाले महाधिवेशनपछि नेताहरूको वरीयता मिलाउन एक समिति गठन गरी काम अगाडि बढाएको छ।

राप्रपाले उपाध्यक्षमा आउन भनेपछि मिश्रको वरीयता के हुने भन्ने विषयमा पनि कुरा उठेको थियो। मिश्रले पहिलो वरीयताको उपाध्यक्ष हुने चाहेको संकेत गरेका थिए।

‘मिश्रलाई एक नम्बर वरीयताको उपाध्यक्ष दिँदा त पार्टीमा समस्या हुन सक्छ। वरीयता नमिल्दा बुद्धिमान र विक्रम बैठकका निर्णयमा हस्ताक्षरसमेत गरेका छैनन्,’ ती नेता भन्छन्, ‘मिश्रलाई भित्र्याउँदा वरीयता विवाद फेरि उठ्छ।’

भदौ २६ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मिश्र राप्रपामा आउने विषयमा कुरा भएको थियो।

‘हामीले मिश्रजीलाई उपाध्यक्ष भएर चुनावमा जाऔं भनेका हौं। वरीयताको विषय चुनावपछि नै मिलाइन्छ भनिएको छ,’ ती नेता भन्छन्, ‘हाम्रैमा अहिले वरीयताको लफडा छ। फेरि नयाँ मान्छे ल्याएर वरीयताको किचलो चुनावका मुखमा नगरौं भन्ने हो।’

राप्रपा नेताहरूसँगका कुराकानीका क्रममा मिश्रले आफूसहित विवेकशील साझामा रहेका केही नेता राप्रपामा ल्याउने बताएको ती नेता दाबी गर्छन्।

अब मिश्रसँग एक पटक बैठक गरेपछि पार्टीमा प्रवेशको वातावरण बन्ने पनि ती नेताले बताए।

‘अब एक बसाइपछि उहाँ राप्रपामा आउनुहोला,’ ती नेताले भने, ‘घटस्थापनाअघि नै उहाँ राप्रपा प्रवेश गरिसक्नुहुन्छ कि१’

मिश्र राप्रपामा गएर काठमाडौं(१ मा प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुने तयारीमा छन्। उनी २०७४ मा पनि यो क्षेत्रमा चुनाव लडेका थिए। त्यसबेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट चुनाव जितेका थिए।

मिश्रनिकट एक नेताको दाबीअनुसार राप्रपाका धेरै नेता तथा कार्यकर्ताले मिश्र राप्रपामा आइदियोस् भन्ने चाहेका छन्। तर राप्रपाका एकदुई जनाले अवरोध गरेका छन्।

‘राप्रपाका धेरै नेता कार्यकर्ताहरुले मिश्र र राप्रपा एक ठाउँमा देख्न चाहेका छन्। तर राप्रपाका एकरदुई जनाले अवरोध गरिरहेका छन्। त्यसलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चिर्न नसेकको देखिन्छ। राप्रपामा उनी लाचारजस्तो स्थितिमा छन्,’ मिश्रनिकट ती नेताले भने।

राप्रपाले उपाध्यक्षमा आउन भने पनि वरीयताबारे भने मिश्रसँग कुरा नगरेको ती नेताले बताए।

‘सहअध्यक्षको प्रस्ताव राजेन्द्र लिङ्देनले नै गरेको हो। तर पछि उहाँहरूले प्राविधिक समस्या पर्‍यो, सहअध्यक्ष शब्दावली प्रयोग गर्न गाह्रो भयो भन्नुभयो’, ती नेताले भने, ुवरीयतामा दोस्रो रहने गरी उपाध्यक्ष भनेर उहाँहरूले भन्नुभएको छ। हामीले उपाध्यक्ष पद स्वीकारेको त हैन। तर वरीयतामा दोस्रो पद हो भने स्वीकार गर्ने कुरा भएको छ। तर राप्रपाका केही उपाध्यक्षले रवीन्द्र मिश्रलाई दोश्रो वरीयतामा स्वीकार्न सक्नुभएको छैन।’

समानुपातिक तर्फको बन्दसूची बुझाउने दिन नजिकिँदा मिश्रसहित उनको समूह र राप्रपाको एकताको विषय पेचिलो बनेको छ। दुबै पक्षले केही दिनभित्रै एकता घोषणा गर्ने तयारी गरेका छन्। तर टुङ्गो लाग्न बाँकी छ।

मिश्रनिकट ती नेताले मिश्रसँगै अन्य नेताहरूको वरीयता पनि टुंगिनु पर्ने बताइरहेका छन्।

ुपदाधिकारीदेखि कार्यसम्पादन समिति र केन्द्रीय सदस्यसम्म टुङ्गो लगाउनुपर्ने हुन्छ। एकता त सम्मानजनक नै हुनुपर्छ,ु ती नेताले भने।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation