रुपन्देहीमा छिमेकीसँग सम्बन्ध राखेको थाहा पाएपछि श्रीमान‍को हत्या

बुटवल। रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । छिमेकी पुरुषसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् ।

थारुको छिमेकी ५२ वर्षको फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । उनले घटनबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation