बसको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकल चालक गम्भीर घाइते

कपिलवस्तु जिल्लाको शिवराजमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक गम्भीर घाईते भएका छन् ।

जिल्लाको शिवराज नगरपालिका–४ बनकट्टीमा पुर्व देखि आउदै गरेको लु १ ख ६३८९ नम्बरको बसले पश्चिमबाट गईरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसरी गम्भीर घाईते हुनेमा भारत उत्तराखण्डका अन्दाजी ४० बर्षीय दिनेश रतुडी रहेको प्रहरीले बताएको छ । घाईते युवकलाई उपचारका लागि संजिबनी अस्पताल चन्द्रौटा लगिएकोमा त्यहाँबाट रिफर गरी थप उपचारका लागि बुटवल पठाईएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ । बस चालक र सह(चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation