संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ :ओली

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गर्नुभएको हो । संसदमा आफूभन्दा अगाडि बोल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संविधानको रक्षा गरेको बताउनुभएको सन्दर्भमा ओलीले चुनावमा जाने कुरा प्रतिगमन नभई परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताउनुभयो । अध्यक्ष ओलीले आफूले राम्रो काम गर्दागर्दै षड्यन्त्र भएको जिकिर पनि गर्नुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation