कपिलवस्तुको बाणगंगामा आज शोक विदा

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आज (आइतबार) शोक बिदा दिने भएको छ ।

बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आज (आइतबार) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जसमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजि बिद्यालय, स्वास्थ्य कार्यालय, कृषी तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।

यद्यपि एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने बन्द नहुने पौडेलले बताए । वडा नम्बर १० की वडा सदस्य दामु घर्तिको ४२ बर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा आज मृत्यु भएको हो ।

घर्तिको मृत्युप्रति नगर प्रमुख चक्रपाणी अर्यालले दुख ब्यक्त गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation