लुम्बिनीमा सहित प्रदेश १ र बागमतीमा भारी वर्षा

काठमाडौं । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।
सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation